सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ८ भदौ २०७६ / Sunday, 25 August 2019

नेपाने युथ क्लबको सामाजिक कार्य ,नगरभित्र निशुल्क आँखा परीक्षण


प्रकाशित समय: बुधवार, ०७ : ५३ बजे फाल्गुन २९ गते



नेपाने युथ क्लबको सामाजिक कार्य ,नगरभित्र निशुल्क आँखा परीक्षण

सिन्धुपाल्चोक -चौतारा सांगाचोकगढि नगरपालिका भित्रका ४ स्थानमा भएको आँखा शिविरमा ८ सय ११ जनाले निशुल्क आँखा परीक्षण गराएका छन् ।

 

जसमध्ये १ सय १४ जनाको आँखाको शल्यक्रीया गर्नुपर्ने र जसमा ३३ जना विरामिको दुबै आँखाको शल्यक्रीया गर्नुपर्ने पाईएको छ । बुधबार वडा नम्बर ६ पिपलडाँडामा सम्पन्न शिविरमा २ सय १८ जनाले निशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । जसमध्य १८ जनाको मोतियाविन्दुको सल्यक्रीया गर्नुपर्ने देखिएको आयोजक नेपाने युथ क्लबका सचिव चन्द्रमणि अर्यालले बताउनुभयो ।

 

६ नम्बर वडा कार्यलयमा शल्यक्रीया गर्नुपर्ने विरामीलाई चैत्र २ गते चौतारा अस्पतालमा बोलाईएको नेपाने युथ क्लबले जनाएको छ । यस्तै फागुन ३० गते साविक सानुसिरुवारी र कुविण्डे यस्तै १ गते जल्केनिका विरामीको शल्यक्रीया गरीने भएको छ ।

 

साथै चैत्र १ र २ गते अन्य स्थानबाट आउने आँखाका विरामीका लागि चौतारा अस्पतालमा निशुल्क आखा परीक्षण गर्ने ब्यवस्था गरीएको चौतारा साँगाचोकगढि नगरपालिकाका प्रमुख अमान सिंह तामाङले बताउनुभयो ।

 

चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना , नेपाने युथ क्लवको समन्वय र नेपाल नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र किर्तिपुर को प्राबिधिक सहयोगमा वडा नं ७ सिरुवारीबाट सुरु भएको शिविर ,कुविण्डे ,जल्केनि हुदै बुधबार पिपलडाडामा सम्पन्न भएको हो ।

 

अनुमान गरिएको भन्दा धेरै संख्यामा मोतिबिन्दुको समस्या देखिएको पाईयोएका्े छ ।सख्यात्मक रुपमा शिविरमा ६० वर्ष माथिका वृद्धवृद्धाको सहभागिता वढि थियो ।

 

नेपाने युथ क्लब सानुसिरुवारीेले बिगत १ बर्षदेखि सामाजिक कार्य गर्दै आईरहेको र यसलाई निरन्तरता दिने क्लबका सचिव चन्द्रमणि अर्यालले बताउनुभयो ।