ललितपुर,प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले माघ ३ गते देशभरका ७५३ वटै स्थानीय तहमा सरकारको सर्वसत्तावाद भ्रष्टाचार एवम् अकर्मण्यता र पछिल्लो समय केपी ओलीले गरेको संसद विघटनको असंवैधानिक कदम विरूद्ध विरोध प्रदर्शन गर्ने भएको छ।
यस क्रममा ललितपुरको मंहाकाल गाउँपालिकामा हुने विरोध सभामा काँग्रेस नेता गगन थापाले सम्बोधन गर्ने भएका छन् । नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री समेत रहेका नेता थापा ललितपुरको गोटिखेलमा हुने बिरोध सभालाई सम्बोधन गर्न गोटिखेल आउने जिल्ला सदस्य ऋषिदेव फुयाँलले जानकारी दिए ।
काँग्रेस वरिष्ठ नेता पौडेलमाथि तनहुँमा भएको धरपडक,कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता र स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टचारको विरोधमा खरो रुपमा प्रस्तुत भएको काँग्रेसले मंसिर २९ गते ७७ जिल्लामै प्रदर्शन गरेको थियो। पछिल्लो समय केपी ओली सरकारको गरेको असंवैधानिक कदम विरुद्ध काँग्रेसले जिल्ला, निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र हुदै वडा तहसम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो। यस क्रममा काँग्रेसले जिल्ला निर्वाचन क्षेत्र प्रदेश निर्वाचन क्षेत्र हुँदै गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका एवं महानगरपालिकामा माघ ३ गते विरोध कार्यक्रम गर्न लागेको हो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2021. Local Media Publication Pvt. Ltd. All rights reserved. Developed by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
9851219411
aadurga@gmail.com
संवाददाता:
कमल प्रसाद दहाल