ललितपुर,ललितपुर महानगरपालिकाले आइतबारदेखि चारपाङग्रे सवारी साधनलाई यूनएनपार्क ,ज्वागल, चाकुपाट र पाटनढोका बसपार्कबाट पाटनढोका (गेट) तर्फ जान निषेध गरेको छ ।
सवारी चापको व्यवस्थापनसँगसँगै दुर्घटना हुन नदिन महानगरले बिहान सात बजेदेखि राति आठ बजेसम्म यी स्थानमा चारपाङग्रे सवारीसाधनलाई यी स्थानमा निषेध गरेको हो । महानगरप्रमुख चिरीबाबु महर्जनले व्यवस्थित सहरका लगि ट्राफिक व्यवस्थापन महत्वपूर्ण भएको बताउँदै महानगरले महानगरीय ट्राफिक गुरुयोजना तयार पारेको बताए । उनले भने, ‘ उक्त गुरुयोजना अन्तर्गत यो काम महानगरले थालेको हो , चरणबद्ध रुपमा ट्राफिक व्यवस्थापनका लागि अन्य काम पनि अब अघि बढाउँछौं । ’
ललितपुर महानगरले महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंसँग समन्वय गरिसकेको प्रमुखले बताए । उनले उक्त रुटमा चारपाङग्रे सवारीसाधन चलाउनेलाई महानगरले नगरलाई व्यवस्थित बनाउन थालेको काममा आफूले गरेको योगदानको रुपमा लिइदिन अनुरोध गरे ।
ललितपुर महानगरका नगरप्रहरी प्रमुख सिताराम हाछेथुले यो नियमले सवारी व्यवस्थापन गर्न सजिलो हुने बताए । ट्राफिक जामका कारण हुने समस्या समाधान गर्न अब सजिलो हुने उनको धारणा थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2021. Local Media Publication Pvt. Ltd. All rights reserved. Developed by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
9851219411
aadurga@gmail.com
संवाददाता:
कमल प्रसाद दहाल