सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ९ बैशाख २०७८ / Thursday, 22 April 2021

पेट्रोल डिजेल र ग्याँसको मुल्य बढ्यो


प्रकाशित समय: बिहिवार, ०६ : २९ बजे माघ २९ गते



पेट्रोल डिजेल र ग्याँसको मुल्य बढ्यो

काठमाडौं, नेपाल आयल निगमले आज रातिबाट १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोल, डिजेल तथा मट्टितेलको साविक मूल्यमा दुई रुपैयाँ बढाइएको हो ।

 

 

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर रु १ सय १२ तथा डिजेल र मट्टितेलको रु ९५ तिर्नुपर्ने भएको छ । यस्तै एलपी ग्यासको प्रतिसिलिण्डर मूल्य रु. २५ ले बढाएर काठमाडौंका लागि रु १४ सय रुपैयाँ कायम गरिएको छ भने हवाइ इन्धनको मूल्य यथावत राखिएको छ ।

 

अन्तर्राष्ट्रि मूल्यअनुसार समायोजन गर्ने क्रममा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । पछिल्लो समय स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न नसक्दा निगम घाटामा गएको थियो ।