सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, ९ बैशाख २०७८ / Thursday, 22 April 2021

संसद विघटन विरुद्धको खुल्ला सभालाई सम्बोधन गर्न विश्वप्रकाश लगनखेल आउने


प्रकाशित समय: शुक्रवार, ०४ : ३३ बजे माघ ३० गते



संसद विघटन विरुद्धको खुल्ला सभालाई सम्बोधन गर्न विश्वप्रकाश लगनखेल आउने

ललितपुर, संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै निरन्तर विरोधका कार्यक्रमहरु गर्दै आएको कांग्रेसले यही फाल्गुन ३ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन कार्यक्रम गर्ने भएको छ । 

 

माघ २४ गते शनिबार विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेर बहादुर देउवाले फागुन ३ को प्रदर्शन व्यापक बनाउन आग्रह समेत गरेका छन्।

 

यस क्रममा नेपाली कांग्रेस ललितपुरले जाउलाखेलमा भेला भई के पी ओली सरकारले गरेको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध नाराबाजी गर्दै लगनखेलमा खुल्ला सभा गर्ने निर्णय गरेको छ।

 

लगनखेल बसपार्कमा हुने खुल्ला सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा ललितपुर आउने कार्यक्रम रहेको नेपाली कांग्रेस ललितपुरका जिल्ला सदस्य अमिर बज्राचार्यले जानकारी दिए।

 

कांग्रेसले उक्त विरोध कार्यक्रममा व्यापक सहभागि हुन नेता कार्यकर्ता,भातृसंस्था, शुभेच्छुक संस्था लगायतका आम नागरिकहरुलाई अपिल समेत गरेको छ।