सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, २ जेठ २०७८ / Sunday, 16 May 2021

महाँकाल गाउँपालिकामा स्थानीय युवाद्वारा तालाबन्दी



प्रकाशित समय: आइतवार, ०९ : ०९ बजे चैत्र ८ गते



महाँकाल गाउँपालिकामा स्थानीय युवाद्वारा तालाबन्दी


 

ललितपुर, ललितपुरको महाँकाल गाउँपालिकामा स्थानीय युवा संघर्ष समितिले लाताबन्दी गरेका छन् ।

स्थानीय युवा संघर्ष समितिले तीन बुँदे माग राखी गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको जनाएको छ। गाउँपालिका स्तरीय युवा तथा खेलकुद विकास समिति गठन हुनुपर्ने, गाउँपालिकाको आर्थिक पारदर्शीता प्रस्ट हुनुपर्ने र गाउँपालिकाबाट प्राप्त हुने सूचनाको हक सम्बन्धी माग राखी युवाहरुले तालाबन्दी गरेको जनाएको छ। 

 

संघर्ष समितिका संयोजक निरन्जन घिमिरेका अनुसार जनप्रतिनिधि, पालिका कर्मचारी र स्थानीय युवाबीच पटकपटक छलफल भएपनि ठोस निर्णय नगरेको, युवाहरूको मागलाई सम्बोधन नगरी पालिकामा बोलाएर दुःख दिने काम गरेकाले अनिश्चितकालका लागि तालाबन्दी गरिएको बताए। 

 

स्थानीय युवाको मागलाई सम्बोधन गर्न गाउँपालिकाले फाल्गुन २३ र २६ गते गाउँपालिका कार्यालयमा छलफलकालागि बोलाएको थियो। गाउँपालिकाको २०७७/११/२५गते बसेको ८७ औं बैठकले महाङ्काल गाउँपालिका क्षेत्रभित्र गठन भएका विभिन्न युवा क्लबहरु र फाल्गुन १६ गते ज्ञापनपत्र बुझाउने युवाहरूको प्रतिनिधित्व हुनेगरी महाङ्काल गाउँपालिका स्तरीय युवा तथा खेलकुद विकास समिति गठन गर्ने व्यवस्था मिलाउने निर्णय भएको थियो।