सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, २ जेठ २०७८ / Sunday, 16 May 2021

कोन्ज्योसोम गाउँपालिकाको आफ्नै भवन, प्रचण्डद्वारा उद्घाटन



प्रकाशित समय: शनिवार, ०६ : ४० बजे बैशाख ४ गते



कोन्ज्योसोम गाउँपालिकाको आफ्नै भवन, प्रचण्डद्वारा उद्घाटन

ललितपुर, ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन उद्घाटन गरिएको छ । हिजो एक औपचारिक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भवन उद्घाटन गरेका हुन् । 

कोन्ज्योसोम गाउँपालिकाको ३ करोड ६५ लाख लागतमा दुई तलाको १६ कोठे भवन निर्माण सम्पन्न भएको जनाइएको छ । 

 

बागमती प्रदेशको विशेष बजेट २ करोड १५ लाख, जिल्ला समन्वय समितिको मौजुदा कोषबाट ९६ लाख र गाउँपालिकाको आन्तरिक स्रोतबाट ५४ लाखमा निर्माण सम्पन्न गाउँपालिका भवन ठूलो तथा सुविधा सम्पन्न रहेको गाउँपालिका अध्यक्ष गोपीलाल सिंतानले बताए। 

गत वर्ष ०७६ साल फागुन १५ गते ब्राइट ज्ञान ज्योति जेभी कन्ट्रक्सन कम्पनी प्रालिसँग सम्झौता गरी भवन निर्माण कार्य सुरु गरिएको थियो । ०७७ साल फागुन १५ गते भवन निर्माण सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । कोभिड–१९ र लक डाउनको समस्या झेल्दै समयमै भवन निर्माण सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष सिंतानले बताए ।