सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, २ जेठ २०७८ / Sunday, 16 May 2021

ललितपुर महानगरपालिकाद्धारा स्मार्ट पार्किङ संचालन रद्द



प्रकाशित समय: सोमवार, ०८ : ५२ बजे बैशाख ६ गते



ललितपुर महानगरपालिकाद्धारा स्मार्ट पार्किङ संचालन रद्द

ललितपुर, ललितपुर महानगरपालिकाले २०७६ माघ ३ गतेको नगर कार्यपालिकाको १०३ औं बैठकको निर्णयबमोजिम महानगरपालिका क्षेत्रका विभिन्न स्थानहरुमा लागू हुने गरी स्मार्ट पार्किङ सञ्चालन गर्न दिइएको स्वीकृति रद्द गरेको छ। 

ठेकेदार कम्पनी डिस्कभर सिटी प्रा. लि. सँग पार्किङ सञ्चालन सम्बन्धी गरेको सम्झौता रद्द गरेको महानगरपालिकाका प्रवक्ता राजु महर्जन द्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

 

पार्किङ महँगो भएको भन्दै नगरवासी नागरिक अगुवाहरुले विरोध जनाउँदै आएका थिए। बिनाटेन्डर सम्झौता गरेको डिस्कभरी सिटी प्रा.लि.ले प्रतिघण्टा दुई पाङग्रेको २० र चार पाङग्रेको ५० रुपैयाँका दरले शुल्क उठाउने गरी ५ वर्षका लागि महानगरसँग सम्झौता गरेको थियो ।