सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, २ जेठ २०७८ / Sunday, 16 May 2021

चालु अधिवेशन अन्त्य गरिएको प्रति कांग्रेसको आपत्ति



प्रकाशित समय: बिहिवार, ०९ : ०० बजे बैशाख ९ गते



चालु अधिवेशन अन्त्य गरिएको प्रति कांग्रेसको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको चालु अधिवेशन हठात् अन्त्य गरिएको प्रति आपत्ति जनाएको छ ।

 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाको चालु अधिवेशन हठात् अन्त्यगरिएको प्रति आपत्ति जनाएका हुन् ।

 

“प्रधानमन्त्री केपी ओलीजीले विघटन गर्नु भएको प्रतिनिधि सभालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले पुनस्र्थापित गरि संसद्चलिरहेको अवस्थामा संसद्का पदाधिकारी र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग कुनै परामर्श एवं सुझाव नलिइ एकलौटीढंगले सरकारले प्रतिनिधि सभाको सातौं चालु अधिवेशनलाई अप्रत्याशित र हठात् ढंगले अन्त्य गरेको प्रति नेपाली कांग्रेस संसदीय दलगम्भीर आपत्ति प्रकट गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

 

संसद् कानुन बनाउने र जनताको आवाज उठाउने साझा थलो भएको र सरकारको निर्माण संसद्बाटै हुने भन्दै कांग्रेस संसदीय दलले वर्तमान सरकार संविधान, जनता र संसद् प्रति उत्तरदायी नदेखिएको बताएको छ ।

 

“संसद्मा महत्वपूर्ण विधेयकहरु पास भइ कानुनहरु बनाउनुपर्ने, जनसरोकारका महत्वपूर्ण विषयहरुलाई सम्बोधन गरि जनतालाई भरोसार विश्वास दिलाउनु पर्नेमा संसदीय अभ्यास र परम्परा विपरित सरकारले संसद्को सामाना गर्न नसकेर अस्वभाविक ढंगले प्रतिनिधिसभाको चालु अधिवेशनलाई अन्त्य गरेकोमा नेपाली कांग्रेस संसदीय दल विरोध गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।- नेपाल मञ्चबाट