सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, २ जेठ २०७८ / Sunday, 16 May 2021

राष्ट्रिय सभा सदस्यको रिक्त पदका लागि जेठ ६ गते उपनिर्वाचन



प्रकाशित समय: बिहिवार, ०७ : ०९ बजे बैशाख ९ गते



राष्ट्रिय सभा सदस्यको रिक्त पदका लागि जेठ ६ गते उपनिर्वाचन

काठमाडौं,हालै रिक्त भएको राष्ट्रिय सभा सदस्य पदको लागि जेठ ६ गते निर्वाचन हुने भएको छ। गृहमन्त्री रामबहादुर थापा बादल बैशाख ५ गते पदमुक्त भएसँगै बागमती प्रदेश अन्य समूह तर्फबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य पद रिक्त रहेको छ।

 

मन्त्रिपरिषदको ६ बैशाखको निर्णयअनुसार जेठ ६ मा निर्वाचन घोषणा गरिएको हो। '२०७८ साल जेठ ६ गते बिहीबारका दिन बागमती प्रदेश अन्य समूह तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित माननीय रामबहादुर थापा मगरको रिक्त पदमा पूर्तिको लागि राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ५ बमोजिम मिति २०७८/०१/०६ को नेपाल सरकारको निर्णयानुसार राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मिति घोषणा भएको छ,' निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिना भन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र नेपाल उपनिर्वाचनको गर्नुपर्ने नियम छ।

 

गृहमन्त्री थापाले माओवादी छाडेर एमाले प्रवेश गरेपछि उनको पद रिक्त भएको थियो। थापा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट २०७४ सालको राष्ट्रिय सभा सदस्य निर्वाचनमा वागमती प्रदेशबाट ६ वर्षका लागि निर्वाचित भएका थिए। माओवादी केन्द्रले थापाले दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार उनीहरुलाई कारवाही गरेको थियो। माओवादीले दल त्याग गरेको सूचना संघीय संसद सचिवालयमा बुझाउँदै राष्ट्रियसभा सदस्यबाट पदमुक्त गर्न सिफारिस गरेको थियो।

 

यसअघि नेकपा एमालेमा प्रवेश गरेका माओवादी केन्द्रका चार सांसदलाई संघीय संसद सचिवालयले पदमुक्त गरेको थियो। पहिलो पोष्ट डटकम बाट