सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, २ जेठ २०७८ / Sunday, 16 May 2021

कोरोनाका कारण २४ घण्टामा २५ जना संक्रमितको मृत्यु



प्रकाशित समय: बिहिवार, ०५ : ४८ बजे बैशाख १६ गते



कोरोनाका कारण २४ घण्टामा २५ जना संक्रमितको मृत्यु

काठमाडौं, नेपालमा पछिल्लो चौबीस घण्टामा ३५ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । कोरोना सङ्क्रमणले २४ घण्टाभित्रै मृत्यु भएको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३५ सङ्क्रमितको मृत्यु भएको हो । मन्त्रालयले चौबीस घण्टामा रिपोर्ट प्राप्त भएको मृत्युको संख्या ३५ रहेको र २४ घण्टामा मृत्यु भएकाहरुको संख्या २६ रहेको जनाएको छ । उक्त संख्यासँगै कोरोना सङ्क्रमणले नेपालमा हालसम्म तीन हजार २४६ जनाको मृत्यु भएको छ । चौबीस घण्टामा नै चार हजार ८३१ नयाँ सङ्क्रमित थपिएको र ८८८ जना कोरोनामुक्त भएको मन्त्रालयले उल्लेख गरेको छ ।