सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, २ जेठ २०७८ / Sunday, 16 May 2021

कांग्रेस महाधिवेशन तोकिएकै समयमै हुन्छः देउवा



प्रकाशित समय: शनिवार, ०९ : ४९ बजे बैशाख १८ गते



कांग्रेस महाधिवेशन तोकिएकै समयमै हुन्छः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको महाधिवेशन निर्धारित मितिमै हुने बताएका छन् ।

 

शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा गरिएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै सभापति देउवाले संविधान अनुरूप पार्टी महाधिवेशन धकेल्न नमिल्ने भएकाले महाधिवेशन गर्नुको विकल्प बताए ।

उनले भने, ‘विकल्प केही छैन, नेपालको संविधान अनुसार कुनै पनि हालतमा हुनैपर्छ।’

 

सभापति देउवाले बैशाख १५ गतेको लागि तय भएको केन्द्रीय समितिको बैठक महामन्त्री शशांक कोइरालाको आग्रहमा स्थगित गरिएको बताउनुभयो । महामन्त्री कोइरालाले कोभिडको अवस्थाका कारण बैठक रोक्न आग्रह गरेपछि बैठक रोकिएको उनको भनाइ छ ।