सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १२ बैशाख २०७६ / Thursday, 25 April 2019

चौतरा सागाचोकगढी नगरपालिकाद्वारा चिया खेती सुरुवातका लागि अध्ययन सुरु

..
प्रकाशित समय: आइतवार, ०८ : ५० बजे चैत्र १७ गते



चौतरा सागाचोकगढी नगरपालिकाद्वारा चिया खेती सुरुवातका लागि अध्ययन सुरु

सिन्धुपाल्चोक, चौतरा सागाचोकगढी नगरपालिकाले चिया खेती सुरुवात गर्नका लागि प्राबिधिक ल्यायर अध्ययन सुरु गरेको छ ।

 

नगर प्रमुख अमानसिंह तामाङ , उपप्रमुख जानुका पराजुलि र प्रमुख प्राशासकिय अधिकृत ईन्द्र बस्याल सहित वडा अध्यक्षहरुको समेत उपस्थितिमा नगरको १,२ र३ नम्बर वडाको सनोअखरेनी, लामिडाडा र बासखर्कमा सम्भब्यता अध्यायन गरेको हो ।

 

करिब २ हजार ४६ मि. को उच्च भुभाग मा रहेको यि स्थानहरुमा चिया खेति अध्ययनको प्राबिधिक रिपोर्ट आयपछी नगरपालिकामा बैठक बसि चिया खेती सुरुवात गर्ने नगरप्रमुख अमानसिंह तामाङले जानकारी दिनुभयो ।

 

चियाका लागि मिल्दोजुल्दो हावापानी तथा भूगोल रहेकोले चिया खेतीको पहल थालिएको हो ।

 

नगर प्रमुख तामाङले कृषि तथा पर्यटनमा जोड दिँदै व्यावसायिक चिया खेतीको कदम अगाडि सारिएको बताउदै उपयुक्त हावापानी, भूगोल र स्थानीय कृषकको सक्रियाताबाट यो योजनाले सफलता पाउने बताउनुभयो ।

 

चिया खेतीको सम्भावना अध्ययन नगरपालिकाले सुरु गरेसङ्रगै खाली तथा बाँझो पाखो बारीमा चिया खेती गरेरै राम्रो आम्दानी गर्न सकिने र विदेशिनुपर्ने बाध्यताका युवाशक्तिलाई गाउँमै रोक्न सकिने विश्वासका कृषक खुसि देखिएका छन् ।

 

यसैबिच सोही अनुगमनमा जाने क्रममा नगरपालिकको टोलिले १ नम्बर बडामा निर्माण सम्पन्न भएका सडकहरुको पनि अनुगमन गरेको थियो ।

 

अनुगमनको क्रममा लागत अनुमान अनुसारनै काम सम्पन्न भएको पाईएको उपप्रमुख जानुका पराजुलीले जानकारी दिनुभयो ।