सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १२ बैशाख २०७६ / Thursday, 25 April 2019

ओलम्पिक छनोट - नेपाल म्यान्मासँग पराजित

..
प्रकाशित समय: बुधवार, ०८ : २९ बजे चैत्र २० गते



ओलम्पिक छनोट - नेपाल म्यान्मासँग पराजित

काठमाडौँ- ओलम्पिक छनोटअन्तर्गत दोस्रो चरणको बुधबार भएको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली म्यान्मासँग पराजित भएको छ ।

 

नेपाल घरेलु टोली म्यान्मासँग ३–१ गोल अन्तरले पराजित भएको हो । यसअघि गत कात्तिकमा भएको ओलम्पिक छनोटको पहिलो चरणको खेलमा नेपालले म्यान्मालाई १–१ को बराबरीमा रोकेको थियो ।

 

नेपालले आफ्नो दोस्रो खेलमा चिरपरिचित भारतसँग चैत २३ गते खेल्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले इण्डोनेसियासँग चैत २६ गते खेल्नेछ ।

 

म्यान्मामा गत कात्तिक अन्तिम साता भएको पहिलो चरणमा नेपालले आयोजक म्यान्मा, बङ्गलादेश र भारतसँग बराबरी खेल्दै दोस्रो चरणको यात्रा तय गरेको थियो ।