सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १२ बैशाख २०७६ / Thursday, 25 April 2019

टिफरको ठक्करबाट गोदावरी -१४ बस्ने २ बर्षीय बालकको मृत्यु

..
प्रकाशित समय: शुक्रवार, ०१ : ४४ बजे चैत्र २२ गते



टिफरको ठक्करबाट गोदावरी -१४ बस्ने २ बर्षीय बालकको मृत्यु

ललितपुर, चापागाउँ बाट ठैब आउँदै गरेको टिपरले दुई वर्षीय बालकलाई ठक्कर दिँदा निजको घटनास्थलमै मृत्यु भएको छ।

 

मकवानपुर जिल्ला घरभई गोदावरी नगरपालिका वडा नम्बर १४ बस्ने कौशल न्यौपानेलाई गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रभाग बाँडेगाउँमा प्रहरी निरीक्षक श्याम कुमार कटवालले जानकारी दिनुभयो।

 

बालकलाई ठक्कर दिई भागेको टिपरलाई प्रहरी प्रभाग लुभुले नियन्त्रणमा लिएको निरीक्षक कटवालले जानकारी दिनुभयो।प्रहरीले नियन्त्रणमा लिएको बा ४ ख ३९३९ नम्बरको टिपर र टिपर चालकलाई महानगरीय प्रहरी वृत्त सातदोबाटो लगिएको छ।

 

मृतक न्यौपानेको शवलाई पोस्मार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरीनिरीक्षक कटवालले जानकारी दिनुभयो।