सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १२ बैशाख २०७६ / Thursday, 25 April 2019

छाडेन पराकम्पले, बिहानै आयो सुदूरपश्चिममा भूकम्प

..
प्रकाशित समय: मगलवार, १० : ०३ बजे चैत्र २६ गते



छाडेन पराकम्पले, बिहानै आयो सुदूरपश्चिममा भूकम्प

बैतडी-सुदूरपश्चिममा मंगलबार बिहान भूकम्पको धक्का महसुुस गरिएको छ ।

 

मंगलबार बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको हो ।

 

यसअघि चैत ४ गते पनि भारत र चीनको सीमाआसपास दार्चुलाको लिपुलेक केन्द्रविन्दु भएर लगातार तीन पटक परकम्प गएको थियो । गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपश्चात् सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको परकम्प जाने गरेको छ ।