hello
सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ४ श्रावण २०७६ / Saturday, 20 July 2019

मेयर कप फुटबल- फाइनलमा आरसीटी र आर्मी भिड्ने


प्रकाशित समय: मगलवार, ०९ : १८ बजे चैत्र २६ गते



मेयर कप फुटबल- फाइनलमा आरसीटी र  आर्मी भिड्ने

सिन्धुपाल्चोक-  तोप २१ दोस्रो चौतारा साँगाचोकगढी मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेल रानीपोखरी कर्नर टीम(आरसीटी) र त्रिभुवन आर्मीबीच  हुने भएको छ । मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा एपीएफ ट्राइबेकरमा चुक्दा उपाधि होडका लागि आरसिटीसँग आर्मीको भेट भएको हो ।

 

मंगलबार भएको खेलको निर्धारित ९० मिनेटको समयमा गोल नभएपछि खेल सिधै ट्राइबेकरमा धकेलिएको थियो । आर्मीलाई फाइनलमा पु¥याउन गोलकिपर नायक बने । उनले ट्राइबेकरमा एपीएफका खेलाडीले प्रहार गरेको सुरुआती ३ वटै प्रहारलाई विफल तुल्याए ।

 

आर्मीले गरेको तीन वटै प्रहार गोलमा परिणत भएपछि आर्मीले फाइनलको यात्रा तय गरेको हो । खेलको म्यान अफ दी म्याच घोषित भए । उनलाई नगद तीन हजारसहित ट्रफी प्रदान गरियो ।

 

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा रानीपोखरी कर्नर टीम(आरसीटी)ले भगवती युवा क्लब टोखालाई ३–१ गोल अन्तरले पराजित गरी फाईनल यात्रा तय गरेको थियो । १२ टिम सहभागी प्रतियोगिताको  फाइनल बिहीबार हुँदैछ ।

 

सिन्धुपाल्चोक जिल्लामा सञ्चालित सर्वाधिक पुरस्कार राशिको तोप २१ दोस्रो चौतारा सांगाचोकगढी मेयर कप फुटबल प्रतियोगिता चैत २० बाट सुरु भएको हो । प्रतियोगितामा विजयी टिमले ५ लाख ५ हजार संगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

 

उपविजेताले २ लाख ५ हजार संगै मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक तोप २१ का अध्यक्ष अशोक कार्कीले बताए । त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी र सवार्धिक गोलकर्तालाई २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र, उत्कृष्ट युवा खेलाडीलाई नगद १० हजार प्रदान गरिनेछ ।

 

उपाधि विजेतालाई अरनिको राजमार्गमा रहेको माया रिसोर्टमा वान डे स्टेसहित ¥याफ्टिङको ब्यवस्थासमेत गरिएको आयोजक तोक एक्काइसले जनाएको छ ।