hello
सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ४ श्रावण २०७६ / Saturday, 20 July 2019

बाराका हावाहुरी पीडितलाई मल्हम लगाउँदै डा. शेखर


प्रकाशित समय: बुधवार, ०९ : ३१ बजे चैत्र २७ गते



बाराका हावाहुरी पीडितलाई मल्हम लगाउँदै डा. शेखर

बारा-नेपाली काग्रेंसका नेता डा. शेखर कोईराला विगत दुइ दिनदेखि हावाहुरीबाट अति प्रभावित बारा जिल्लाको दक्षिण परिश्चमका ग्रामीण बस्तीहरुमा व्यस्त छन् ।

 

विराटनगरबाट उदयपुर हुदैं डा. शेखर बारा पुगेका हुन् । त्यसो त हावाहुरी आएको भोलिपल्टै उनी बारा जान चाहन्थे । तर विराटनगर र उदयपुरका पुर्वनिर्धारित कार्यक्रम भएकाले उनी त्यतिबेला बारा जान सकेनन् ।

 

उदयपुरबाट बारा पुगेका डा. शेखरले प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै मृतक र घाइतेका परिवारहरुलाई उनीहरुकै बस्तीमा गएर भेटिरहेका छन् । विराटनगरबाट डा. शेखरले आफ्नो आमाको नामबाट स्थापित नोना कोइराला स्मृति प्रतिष्ठान मार्फत केही राहत सामाग्री पनि लिएर गएका थिए ।

 

डा. शेखरले बाराको परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुरका प्रभावितलाई चामल, त्रिपाल, खानेतेल, दाल, चिउरा, बिस्कुट र चापाकल वितरण गरे ।

 

डा. शेखरका साथमा बारा जिल्लाकै पुर्व सासंदहरु डा. शोभाकर पराजुली, लालबाबु सिंह, रामअयोध्या यादव, बारा जिविसका पुर्व सभापति राजेन्द्र प्रसाद यादव, बारा काग्रेंसका सचिव मनोज भट्ट लगायतका नेता एंव कार्यकर्ताहरु थिए ।