hello
सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ४ श्रावण २०७६ / Saturday, 20 July 2019

ललितपुरको २ स्थानीय तहबाट तलब बुझ्दै पुन:निर्माणका पुर्शोतम सञ्जेल, कसले गर्छ कारवाही?


प्रकाशित समय: बुधवार, ०६ : ५२ बजे चैत्र २७ गते



ललितपुरको २ स्थानीय तहबाट तलब बुझ्दै पुन:निर्माणका पुर्शोतम सञ्जेल, कसले गर्छ कारवाही?

ललितपुर,ललितपुरका एक कर्मचारीले २ स्थानीय तहबाट तलब बुझ्दै आएको पाइएको छ।

 

पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिक पुर्शोतम सञ्जेलले महांकाल गाँउपालिका र गोदावरी नगरपालिकाको भूकम्प शाखाबाट दोहोरो तलव लिँदै आएको पाइएको हो।

 

उनलेले महांकाल गाँउपालिका बाट २०७४ चैत २१ गते बाट तलब बुझ्दै आएका छन्। महांकाल गाँउपालिका बाट उनले हालसम्म मासिक २३ हजार ५ सयका दरले २,५८,५००/- बुझिसकेका छन्। यसको साथै उनले टिएडिए भत्ता समेत बुझ्ने गरेको महांकाल गाउँपालिकाका एक कर्मचारीले बताए।

 

त्यस्तै उनले गोदावरी नगरपालिकाको भूकम्प शाखामा कार्यरत भई पुनर्निर्माण प्राधिकरणबाट तलब बुझ्दै आएका छन्।

 

गोदावरी नगरपालिका वडा नम्बर ८ डुकुछाप खटिएका सञ्जेलले गोदावरी नगरपालिकाको भूकम्प शाखामा २०७५ भदौबाट काम सुरु गरेका थिए।

 

यसअघि उनी धादिङको एक गाउँपालिकामा प्राविधिक रुपमा कार्यरत थिए। दुई स्थानमा काम गरेर तलब बुझ्ने गरेका सञ्जेलले उपत्यका जस्तो सबैले थाहा पाउने स्थानमा दुई स्थानबाट तलब बुझिरहेका छन् भने विकट जिल्लाहरुमा के हाल होला ? प्रश्नको विषय बन्न पुगेको छ।

 

उनी कार्यरत महांकाल गाउँपालिकामा आइतबार र सोमबार उपस्थित नहुने र बाँकी समय उपस्थीत हुने गरेको त्यहाँका एक कर्मचारी बताउँछन्।

 

गोदावरी नगरपालिका वडा नं ८ डुकुछापका सचिव मुकुन्द घिमिरेको भनाई अनुसार सञ्जेल यहाँ खटिएपछि जम्मा १५/१६ दिन मात्र काममा आएको देखेको बताए। नगरपालिकामा नै हाजिर गराउने भएकाले उनी दैनिक आउनुपर्ने हो वा होइन यसबारे थाहा नभएको घिमिरेले बताए।

 

नगरपालिका भूकम्प शाखाकी प्रमुख बिमला डंगोलले सञ्जेलले फिल्डमा जाने भनेर जानकारी लिने गरेको र समयसमयमा विदा माग्ने गरेको बताइन्। एउटै कर्मचारीले दुई स्थानबाट तल बुझ्न मिल्छ भन्ने प्रश्नमा डंगोलले भनिन्-मलाई यसबारे केही थाहा छैन तर कुनै पनि कर्मचारीले सरकारले तोकेकोभन्दा र कानुनभन्दा बाहिर गएर दुई स्थानबाट तलब बुझ्न सकिँदैन।

 

उनले थपिन् "प्राविधिकले फिल्ड हेर्नुपर्ने भएका कारणले सञ्जेल फिल्ड हेर्न गएको हो वा अन्यत्र जागिर खान भएको यसबारे थाहा नपाएको जिकिर गरिन्।"

 

यस विषयमा बुझ्न दोहोरो तलब बुझेका सञ्जेललाइ हामीले प्रश्न गर्दा उनले दोहोरो तलव बुझ्ने गरेको स्वीकारेका छन्।

 

उनले आफु बाट ठूलो गल्ती भएको पनि स्वीकार गरेका छन्। तपाईंले दुवै स्थानबाट जनतालाई सेवा दिन सक्नुभयो त भन्ने प्रश्नमा उनले एकदमै खटिएर काम गरेको र जनताको काम नरोकिने जिकिर गरे।

 

धेरै समयदेखि दोहोरो तलब दिँदै आएका सञ्जेलले दोहोरो तलव लिएको छैन भनी दाबी गरेको भए पनि हाम्रो मिडिया संचारसँग उनले दोहोरो तलब बुझेको प्रमाण सहितको फाइल सुरक्षित छ।

 

यसरी देशमा बेरोजगार बढिरहेका बेला एक व्यक्तिले दुई स्थानबाट तल बुझिरहेका सुन्दा ती बेरोजगार युवाहरु कति आक्रोशित हुन्छन् होला भन्ने प्रश्न उब्जिएको छ।

 

सरकारी निकायबाटै २/२ स्थानबाट तल बुझ्दा समेत त्यहाँका हाकिमले कारबाही नगर्नु लाजमर्दो विषय कुरा बनेको छ।

 

यद्यपि उनले आजकै दिनबाट एक स्थानमा राजीनामा दिने र एउटा स्थानीय निकायमा मात्र कार्य गर्ने बताएका छन्।