सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १२ बैशाख २०७६ / Thursday, 25 April 2019

विकिलिक्सका संस्थापक असान्ज गिरफ्तार

..
प्रकाशित समय: बिहिवार, ०५ : ५० बजे चैत्र २८ गते



विकिलिक्सका संस्थापक असान्ज गिरफ्तार

लन्डन- बेलायती प्रहरीले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई लन्डनस्थित इक्वेडरको राजदूतावासबाट गिरफ्तार गरेको छ ।

 

इक्वेडरले असान्जलाई दिइआएको आप्रवासीको मान्यता समाप्त गरेलगत्तै लन्डन प्रहरीले असान्जलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

 

सन् २०१२ को अदालतको आदेशका आधारमा असान्जलाई गिरफ्तार गरेको बताइएको छ । प्रहरीले असान्जलाई जतिसक्दो चाँडो वेस्टमिन्स्टर मजिस्ट्रेट समक्ष प्रस्तुत गरिने जनाएको छ ।

 

असान्ज सन् २०१२ को अगष्टदेखि लन्डनस्थित इक्वेडरको राजदूतावासमा शरण लिएर बस्नुभएको थियो । राजदूतावासबाट बाहिर निस्किए आफूलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गरिने खतरा रहेको उहाँले दाबी गर्दै आउनुभएको थियो ।

 

उहाँमाथि अमेरिकी हजारौं वर्गीकृत सैनिक तथा कुटनीतिक केबल (पत्राचार) विकिलिक्स मार्फत सार्वजनिक गरेको आरोप छ ।