hello
सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ४ श्रावण २०७६ / Saturday, 20 July 2019

प्रधानमन्त्री ओलीको प्रचार गर्ने तर काम नगर्ने प्रवृत्तिले सम्बृद्धि आउँदैन - महामन्त्री कोइराला


प्रकाशित समय: आइतवार, ०८ : ०५ बजे बैशाख १ गते



प्रधानमन्त्री ओलीको प्रचार गर्ने तर काम नगर्ने प्रवृत्तिले सम्बृद्धि आउँदैन - महामन्त्री कोइराला

काभ्रेपलाञ्चोक, नेपाली काङ्ग्रेसका महामन्त्री शशांक कोइरालाले बर्तमान सरकारको प्रचार गर्ने तर काम नगर्ने प्रवृति रहेको र यसले सम्बृद्धि नआउने बताएका छन् ।

 

नेपाली काङ्ग्रेस बनेपा नगर समितिको आयोजनामा आइतबार बनेपामा आयोजित नव वर्ष २०७६ को शुभकामना आदान प्रदान, भित्ते पात्रो विमोचन तथा चियापान कार्यक्रममा कोइरालाले उक्त कुरा बताएका हुन् ।

 

बर्तमान सरकारको गलत कार्य बिरुद्ध खबरदारी गर्न पनि पार्टीको जिम्मेवारी भएकोले भावी दिनमा पार्टी एक भइ अगाडि बढ्ने र आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने दावी गरे ।

 

बर्तमान सरकारमा दुई तिहाईको दम्भ छ । संचार तथा न्यायको क्षेत्रलाई अधिनमा राख्न खोज्दै छ ।

 

गाउँको अधिकार कसरी आफ्नै हातमा राख्न सकिन्छ भन्नेमा प्रधानमन्त्रि उद्दत छन् । यस्तो अवस्थामा प्राप्त उपलब्धिको सुरक्षाको लागि पार्टीको थप जिम्मेवारी बढेको उनको कथन थियो ।

 

देशमा प्रमुख सडक, अस्पताल, विश्वविद्यालय काङ्ग्रेसकै पालमा स्थापना भएको दावी गर्दै बर्तमान सरकारले कुन चाहिँ त्यस किसिमको पुर्वधार खडा गरेको छ ? उनको प्रश्न थियो ।

 

नेपाली काग्रेसका केन्द्रीय सदस्य शिव प्रसाद हुमागाईले पार्टीमा पुराना, बर्तमान नेता तथा भावी युवालाई समेटेर अघि बढ्नु पर्ने विचार व्यक्त गदै जिल्ला देखि नै कुनै गुटको अवस्था देखिनुनहुने बताए ।

 

नेपाली काग्रेसका जिल्ला सभापति मधु प्रसाद आचार्यले पार्टी व्यवस्थापनका लागि केन्द्रबाटै सुधारको खाँचो रहने उल्लेख गर्दै बर्तमान स्थानीय तहको संरचना अन्तर्गत पार्टीको संरचना कार्यान्वयनमा केन्द्रले तुरुन्तै निर्देश गर्नुपर्ने लोकतान्त्रिक फोरम सँगको एकीकरणका बाँकी विषय सम्पन्न गर्नु पर्ने आरक्षणको व्यवस्थापनमा एक जनाले १ पटकमात्र अवसर पाउनुपर्ने बताए ।

 

प्रदेश राजधानीको विषयमा तर्क राख्दै उनले सम्पूर्ण विषयले उत्तम मानिएको काभ्रेलाई राजधानी तोक्न नेतृत्व तहबाट कुनै मुलाहिजा गर्न नहुने बताए । पार्टी कार्यकता आर्थिक सामाजिक रुपमा सक्षम हुनुपर्ने बताउँदै अवको दिनमा कार्यकर्तालाई कुनै पनि क्षेत्रमा व्यवसायीक बन्न प्रोत्साहन गरिने उनको भनाई थियो ।

 

कार्यकर्ता दक्ष हुनुपर्छ, सरकारका गलत कदम विरुद्ध आवाज उठाउन सक्नुपर्छ यसका लागि आगामी दिनमा सबै तहबाट सहभागिता रहने गरी विरोधका कार्यक्रम संचालन गरिने बताए ।

 

कार्यक्रममा नेपाली काग्रेसका नेताहरु अच्युत प्रसाद पौडेल,कञ्चनचन्द्र वादे श्रेष्ठ, तिर्थ लामा रमेश हुमागाई, गणेश लामा, कष्णगोपाल भैल, ईश्वर ओझा, प्रेम वाग्ले, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

शुभकामना मन्तव्य सँगै बक्ताहरुले पार्टी एकीकरण तथा सुदुढिकरणमा जोड दिनुपर्ने बताएका थिए । कार्यक्रमका तथा बनेपा नगर सभापति राम जोशीले हरेक साल पार्टीलाई उत्साह प्रदान गर्ने उद्देश्य सहित गर्ने गरिएको कार्यत्रमलाई यस पटक पनि निरन्तरता दिइएको र भावी दिनमा नयाँ शैलिा र सोचका साथ नगर समिति अघि बढने बताए ।

 

कार्यक्रममा नगर समिति द्वारा तयार परिएको भित्तेपात्रो विमोचन पनि गरिएको थियो ।