सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १२ बैशाख २०७६ / Thursday, 25 April 2019

बाजुरामा बिहानै भूकम्पको धक्का महसुस

..
प्रकाशित समय: सोमवार, ०८ : ४७ बजे बैशाख २ गते



बाजुरामा बिहानै भूकम्पको धक्का महसुस

बाजुरा- बाजुरामा बिहानै भूकम्पको धक्का महसुस भएको छ ।

 

छिमेकी जिल्ला बझाङको जयपृथीवी केन्द्रबिन्दु बनाएर सोमबार बिहान स्थानीय समयानुसार ४ बजेर २७ मिनेट जाँदा ४.८ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ ।

 

भूकम्पले जिल्लामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ ।

 

सुतिरहेको समयमा बिहान एक्कासि भूकम्प गएपछि बजारवासी त्रसित बनेका थिए ।