सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ५ जेठ २०७६ / Sunday, 19 May 2019

आठौं खेलकुद- सिन्धुपाल्चोकले पायो करातेमा स्वर्ण


प्रकाशित समय: बिहिवार, ०६ : ४१ बजे बैशाख १२ गते



आठौं खेलकुद- सिन्धुपाल्चोकले पायो करातेमा स्वर्ण

सिन्धुपाल्चोक- आठौं राष्ट्रिय खेलकुद अन्तर्गत कराते प्रतियोगितामा सिन्धुपाल्चोकले एक स्वर्ण हात पारेको छ ।

 

कराते खेल तर्फ पुरुष ५५ केजी तौल समुहमा कदमबासका विजय श्रेष्ठले स्वर्ण पदक पाएका हुन् । दाङको तुल्सीपुरमा भएको प्रतियोगिताको फाईनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्रदेश नं.१ का विवेक थापालाई ११–६ अंकले पराजित गर्दै श्रेष्ठले स्वर्ण जित्न सफल भएका हुन ।

 

श्रेष्ठले कराते खेलको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समेत सहभागिता जनाई सफलता हासिल गरिसकेका छन् । श्रेष्ठले हालै सम्पन्न विश्व सितोरियो कराते प्रतियोगितामा समेत मुलुकका लागि कास्य पदक ल्याउन सफल भएका थिए ।

 

उनले दिल्लीमा भएको साउथ एसियन कराते च्याम्पियनसिपमा स्वर्ण, मलेसिया, श्रीलंका लगायतका विभिन्न मुलुकहरु समेत विजय हासिल गरि मुलुकको झन्डालाई फराउन सफल भई सकेका छन् ।