सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ५ जेठ २०७६ / Sunday, 19 May 2019

पाँचखालका कृषकलाई नगरपालिकाको साथ, दियो ट्र्याक्टर अनुदान


प्रकाशित समय: आइतवार, ०४ : ०१ बजे बैशाख १५ गते



पाँचखालका कृषकलाई नगरपालिकाको  साथ, दियो  ट्र्याक्टर अनुदान

काभ्रेपलाञ्चोक- पाँचखाल नगरपालिका–९ भगवतीस्थानका कृषकलाई ५० प्रतिशत अनुदानमा ट्र्याक्टर (मिनी ट्रेलर) दिइएको छ ।

 

नगरप्रमुख महेश खरेलले आज कृषक समूहका अगुवालाई २७ ट्र्याक्टर हस्तान्तरण गर्नुभयो । उहाँले मिनी ट्रेलरको प्रयोगले कृषकको समय र खर्चको बचत हुने बताउनुभयो ।

 

उहाँले भन्नुभयो “अब सबै वडाका कृषकलाई क्रमैसँग ट्र्याक्टर वितरण गर्नेछौँ ।” उहाँले यस आर्थिक वर्षको बजेटबाट सबै कृषकलाई अनुदानमा ट्र्याक्टर दिइने बताउनुभयो ।

 

वडाले एक समूहमा पाँच कृषक सदस्य रहेको २७ समूह बनाएर प्रत्येक समूहलाई एक ट्र्याक्टर दिइएको वडाध्यक्ष किरण श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “समूह बनाएपछि साधनप्रति माया हुन्छ र मर्मतमा समस्या नहुने भएकाले समूह बनाएर दियौँ ।”

 

उहाँका अनुसार ७ दशमलव ५ हर्सपावरको मिनी ट्रेलर रु ३७ हजारमा खरीद गरी कृषकलाई ५० प्रतिशत अनुदानमा दिइएको हो ।