hello
सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ४ श्रावण २०७६ / Saturday, 20 July 2019

बेथानचोकका २७ महिलाहरुको रोग परीक्षणको लागि निशुल्क शिविर


प्रकाशित समय: मगलवार, ०१ : ५५ बजे बैशाख १७ गते



बेथानचोकका २७  महिलाहरुको रोग परीक्षणको लागि निशुल्क शिविर

काभ्रे- ग्रामीण क्षेत्रमा रहेको महिलाहरु सँग सम्बन्धित रोगहरु पहिचान तथा निदान गर्ने उद्देश्य सहित बेथानचोक ३ का महिलाहरुलाई लक्षित गरी १ दिने स्त्रीरोग परीक्षण शिविर सम्पन्न भएको छ ।

 

न्यायिक संसार स्वयम्भू काठमाडौंको आयोजना ओम हस्पिटल एण्ड रिसर्च सेन्टर चाबहिल, काठमाडौंको प्राविधिक सहयोग बेथानचोक गाउँपालिकाका सामुदायिक होमस्टे र बेथानचोक गाउँपालिका को समन्वयमा शिविरको आयोजना गरिएको हो ।

 

बेथानचोक गाउँपालिकाका महिलाहरुमा विभिन्न समयमा गरिएको स्वास्थ्य परिक्षण पछि आवश्यक देखिएका महिलाहरुलाई मात्र थप परीक्षण तथा उपचारका लागि काठमाडौंमा शिविरको आयोजना गरिएको न्यायीक संसारका कार्यक्रम संयोजक गौतम बजगाईले बताए ।

 

ओम हस्पिटल एण्ड रिसर्च सेन्टर काठमाडौंमा शिविर आयोजना गरिएको थियो । उक्त शिविरमा रोग परीक्षण गराउनका लागि बेथानचोक ३ का २७ जना महिलाहरुको उपस्थिति रहेको संस्थाकी शारदा पौडेलले जनकारी दिइन्