hello
सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ४ श्रावण २०७६ / Saturday, 20 July 2019

ताँजाकोटमा बिरामीको उपचार हुँदै


प्रकाशित समय: बुधवार, ०७ : ३३ बजे बैशाख १८ गते



ताँजाकोटमा बिरामीको उपचार हुँदै

सिमकोट- सदरमुकाम सिमकोटबाट ५० कोस दक्षिणमा पर्ने ताँजाकोट गाउँपालिकामा दुई हप्तासम्म फैलेको टाउको दुख्ने, ज्वरो र निमोनिया रोगले हालसम्म १० जनाको निधन भएको छ ।

 

बिरामीको उपचारका लागि कर्णाली प्रदेशका डा श्याम अर्यालको टोली सोमबार घटनास्थलमा पुगेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो ।

 

टोलीले विभिन्न वडामा तीन शिविर बनाई उपचार गरिरहेको छ । हाल बिरामीको सङ्ख्या ६४९ भएको बताइएको छ । प्रहरी चौकी कवाडीले बिरामीको उद्धार गर्न प्रहरी जवान पठाएको छ ।