सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ५ जेठ २०७६ / Sunday, 19 May 2019

थारु समुदायमा मात्रै देखिने सिकलसेल रोगका कारण तीन बिरामी


प्रकाशित समय: सोमवार, ०६ : १५ बजे बैशाख २३ गते



थारु समुदायमा मात्रै देखिने सिकलसेल रोगका कारण तीन बिरामी

जीतपुर-  पूर्वको नवलपरासीदेखि पश्चिम कैलालीसम्म तराईको थारु समुदायमा मात्रै देखिने सिकलसेल एनिमिया वाणगङ्गा नगरपलिकामा तीनजना बिरामी फेला परेका छन् ।

 

कपिलवस्तुको वाणगङ्गा नगरपलिकामा थारु समुदायको जनसङ्ख्या बढी छ । कुल जनसङ्ख्याको करीब ४५ प्रतिशत थारु समुदायको बसोवास रहेको नगरपालिकाको धनकौली, बोर्डगाउँ र चम्कीपुरमा एक÷एकजना गरी तीनजना सिकलसेल एनिमियाबाट मृत्यु भएको नगरपलिकाको स्वास्थ्य शाखा प्रमुख कृष्ण घिमिरेले बताउनुभएको छ ।

 

सिकलसेल एनिमिया उनीहरूको कोषमार्फत आफ्ना सन्तानमा सार्न सक्छन् । एनिमिया जीवाणु रहेका पुरुष र महिलाबीच विवाह भएमा उनीहरूले जन्माउने सन्तान यस रोगबाट सङ्क्रमित हुने चिकित्सक बताउँछन् ।

 

वाणगङ्गा नगरपलिकाले गत आर्थिक वर्षमा सिकलसेल एनिमिया रोग नियन्त्रणका लागि रु तीन लाखको हाराहारीमा बजेट छुट्ट्याइएको थियो ।