hello
सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ४ श्रावण २०७६ / Saturday, 20 July 2019

नेपाली सेनामा तालीमरतबीच मैत्रीपूर्ण फुटबल


प्रकाशित समय: मगलवार, ०७ : ४३ बजे बैशाख २४ गते



नेपाली सेनामा तालीमरतबीच मैत्रीपूर्ण फुटबल

नुवाकोट, आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा आज नेपाली सेना अधिकृत आधार तालीम समूह र सैन्य आधार तालीम समूहबीच भएको फुटबलमा अधिकृत समूह ३–२ गोलले विजयी भएको छ ।

 

श्री नं १ तालीम केन्द्र त्रिशूलीको आयोजनामा भएको मैत्रीपूर्ण खेलमा अफिसर क्याडेट समूह एक गोल अन्तरले विजयी भएको हो । अफिसर क्याडेटका सन्दीप ढुङ्गानाले २ र दीपेश शाहीले एक गोल गरेको तालीम केन्द्र त्रिशूलीका गणपति खेमराज शर्माले बताउनुभयो ।

 

शर्माका अनुसार सैन्यले एक गोल आत्मघाती गोल पाएको र सन्तोष विकले एक गोल गरेका थिए ।

 

प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्विबहादुर प्रधान र नुवाकोट फुटबल सङ्घका उपाध्यक्ष उद्वव पनेरुले सिपाहीमा तालीमरत खेलाडीबीच पहिलो पटक खुला मैदानमा आयोजना गरिएको प्रतियोगिताले नागरिक–नेपाली सेनाबीच सौहार्दपूण सम्बन्ध स्थापित गर्न सहयोग पुगेको बताउनुभयो ।

 

विजयी टोलीलाई ४०–४० केजीका दुई खसी प्रदान गरिएको श्री नं तालिम केन्द्रले जनाएको छ ।