सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ५ जेठ २०७६ / Sunday, 19 May 2019

काभ्रे प्रहरीलाई नयाँ भवन


प्रकाशित समय: बिहिवार, ०७ : ०३ बजे बैशाख २६ गते



काभ्रे प्रहरीलाई नयाँ भवन

धुलिखेल - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सरकारले कुनै पनि विकास निर्माणलाई विधिमा आधारित बनाउन बनाउन प्रहरी लागेको बताएका छन् । सरकारले सुरु गरेका कुनै पनि विकास निर्माणमा गुण्डाका नाममा कसैले अबरोध गर्छ भने प्रहरीले तत्काल कारवाहीको दायरामा ल्याउने छ  उनको भनाई थियो ।

 

आमनागरिकलाई शान्ती सुरक्षा, अमनचयन दिन प्रहरी कठिबद्ध रहेको उनले बताए । जिल्ला प्रहरी कार्यालय काभे्रको नवनिर्मित भवनहरु हस्तान्तरण कार्यक्रममा बोल्दै खनालले उक्त कुरा बताएका हुन । भूकम्पबाट भत्किएका भवनहरु पुननिर्माण पश्चात बुधबार एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय काभे्रलाई भवन हस्तान्तरण गरेका थिए ।

 

राष्ट्रिय पुननिर्माण प्राधिकरण र प्रहरीको नियमित बजेटबाट व्यारेक भवन, हिरासत, सिभिल प्रहरी भवन र मेस भवनहरु निर्माण गरिएको छ । निर्माण भएको हिरासत भवन महिला मैत्री हुनुका साथै हिरासतमा रहँदा पनि बाह्य सूचना सँग नजिक रहनका लागि भन्दै टेलिभिजनको व्यवस्था गरिएको छ ।

 

जिल्ला प्रहरी कार्यालय काभे्रका प्रमुख एवम् प्रहरी उपरीक्षक रविराज खड्काले राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट रु ५ करोड ११ लाख ७९ हजार ८७३ र नियमित बजेट १ करोड ८४ लाख ९१ हजार ३१६ लागत सहित रु छ करोड ८४ लाख २० हजार ८३४ मा उक्त भवन निर्माण गरिएको जानकारी दिए ।

 

भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै समुदायमा प्रहरी कार्यक्रम प्रभावकारी बन्दै गएको बताए यो कार्यक्रम विश्वमै नमुना हुने दाबी थियो ।

 

कार्यक्रममा जिल्ला समन्वय प्रमुख उद्धव केसी, धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार व्याञ्जू, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत लगातयले सुरक्षित भवनले मात्र प्रहरीले आमनागरिकको सुरक्षा दिन सक्ने बताउनुभयो ।