सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ५ जेठ २०७६ / Sunday, 19 May 2019

लागुऔषधसहित गोदावरीबाट एक युवा पक्राउ


प्रकाशित समय: शुक्रवार, ०१ : ५९ बजे बैशाख २७ गते



लागुऔषधसहित गोदावरीबाट एक युवा पक्राउ

ललितपुर, महानगरीय प्रहरी प्रभाग बाँडेगाउँले हिजो राती गोदावरीको टौखेलमा चेकजाँच गर्ने क्रममा लागुऔषध नुफिन सहित एक युवालाई पक्राउ गरेको छ।

 

राती अन्दाजी ११:०० सि.आर.भी. डिउटीले चेकजाँच गर्ने क्रममा गोदावरी नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष २८ को नवराज पहरीलाई पक्राउ गरेको हो।

 

पहरीसंग प्रहरीले कालो प्लास्टिकको झोलामा सेतो पत्रिकाले बेरेको लागुऔषध नुफिन - २४ थान, डाइजोल्यव - २४ थान,फेनार्गन - २४ थान फेला पारेको छ।

 

पक्राउ परेका पहरीलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त सातदोबाटो पठाइएको बाँडेगाउ प्रहरी प्रभागका प्रहरी निरिक्षक श्याम कुमार कटुवालले जानकारी दिए।