hello
सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ४ श्रावण २०७६ / Saturday, 20 July 2019

बझाङमा जिप दुर्घटना एकको मृत्यु


प्रकाशित समय: शनिवार, ०७ : ५३ बजे बैशाख २८ गते



 बझाङमा जिप दुर्घटना एकको मृत्यु

बझाङ- बझाङको जयपृथ्वी नगरपालिकामा जिप दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ ।

 

जयपृथ्वी नगरपालिका–११ धामीलेकमा शुक्रबार बेलुका से१ज ७७६ नंको जिप दुर्घटना हुँदा सोही नगरपालिका–११ का स्थानीयवासी ३० वर्षीया भगवती जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

जोशी चैनपुरबाट घर पुगेर जिपबाट ओर्लदा जिप पछाडि सरेपछि किचेर मृत्यु भएको स्थानीयवासीको आरोप छ । घटनाबारे थप अुनसन्धान भइरहेको र जिपका चालक भने दुर्घटनापछि फरार रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।