सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ५ जेठ २०७६ / Sunday, 19 May 2019

नदीमा डुबेर कैलालीमा दुई बालकको मृत्यु


प्रकाशित समय: शनिवार, ०६ : ५० बजे बैशाख २८ गते



नदीमा डुबेर कैलालीमा  दुई बालकको मृत्यु

कैलाली- कैलालीको लम्की चुहा नगरपालिका–७ रोरा नदीमा आज डुबेर दुई बालकको मृत्यु भएको छ ।

 

स्थानीय परशुराम चौधरीका नौ वर्षीय छोरा समिर चौधरी र मनोज चौधरीका नौ वर्षीय छोरा सुदीप चौधरीको रोरा नदीमा नुहाउने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

 

नदीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । बालकका शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।