सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ५ जेठ २०७६ / Sunday, 19 May 2019

सबै राजनीतिक दललाई समेटेर लैजानुपर्छ - नेता नेपाल


प्रकाशित समय: आइतवार, ०६ : ०२ बजे बैशाख २९ गते



सबै राजनीतिक दललाई समेटेर लैजानुपर्छ - नेता नेपाल

सिन्धुपाल्चोक,नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशलाई अघि बढाउन एक्लैले नसकिने हुँदा त्यसका लागि सबै राजनीतिक पार्टीलाई समेटेर लैजानुपर्ने बताउनुभएको छ ।

 

आज सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाको ठूलो पाखरस्थित ककलिङ हरिसिद्धि क्याम्पसको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता नेपालले प्राविधिक शिक्षामा जोड दिनुपर्छ भन्नुभयो ।

 

सो अवसरमा प्रदेश नं ३ का वन, वातावरण, उद्योग तथा पर्यटनमन्त्री अरुण नेपालले जिल्लालाई शैक्षिक क्षेत्रको विकासका साथै पर्यटन प्रवद्र्धनमा पनि अगाडि बढाउनुपर्ने बताउनुभयो ।

 

क्याम्पस सञ्चालन समितिका अध्यक्ष शम्शेर शाक्यको सभापतित्वमा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले शैक्षिक क्षेत्रको सुधारको बारेमा धारणा राख्नुभएको थियो ।