सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ५ जेठ २०७६ / Sunday, 19 May 2019

आज चापागाउँ बन्द


प्रकाशित समय: आइतवार, ०६ : ४४ बजे बैशाख २९ गते



आज चापागाउँ बन्द

ललितपुर, सातदोबाटो चापागाउँ सडकखण्ड मर्मत नगरेको भन्दै त्यहाँका स्थानीयले दबाब स्वरुप चापागाउँ बन्द गरेका छन्।

 

देशमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार हुँदा समेत सातदोबाटो चापागाउँ सडक मर्मत र कालोपत्रे नगरिएको भन्दै त्यहाँका स्थानीय आक्रोशित बनेका छन्। सडक पानी परेपछि हिलो हुने र घाम लगेपछि धुलो उड्ने गरेकाले सर्वसाधारणलाई ओहोरदोहोर गर्दा दुःख झेल्नुपरेको टाखेलका स्थानीय शेखर न्यौपाने बताउँनुहुन्छ।

 

तत्काल सडक निर्माण र मर्मत गर्न दबाब दिने उद्देश्यले सातदोबाटो-चापागाउँ-टाखेल सडकखण्डमा विभिन्न दबाब समिति बनेका छन्।

 

साविकको चापागाउँ गाविस बन्द गरेर दवाव सुरु गरेका स्थानीयले आजबाट सडक निर्माण तथा मर्मतको काम शुरु नभएसम्म दबाबका कार्यक्रम जारी राखिने बताए।

 

सडकको अवस्था अत्यन्तै नाजुक रहेको र सो सडकको दुर्दशाले गर्दा दैनिक आवात-जावत तथा जनताको स्वास्थ्यमा समेत विकराल समस्या उत्पन्न भएको भन्दै दीर्घकालीन सावधान गर्न दबाबमूलक कार्यक्रम सुरु गरिएको स्थानीय न्यौपानेले बताउनुभयो।

 

उनीहरुले भोलिसम्म समस्या समाधानका लागि पहल नभए सातदोबाटो चापागाउँ मुल सडक नै बन्द गरेर दबाव सुरु गरिने जानकारी दिएका छन्।