सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ५ जेठ २०७६ / Sunday, 19 May 2019

सिन्धु कलाकार मञ्चले जित्यो सिन्धु लोकदोहोरीको उपाधि


प्रकाशित समय: सोमवार, ०९ : ४५ बजे बैशाख ३० गते



 सिन्धु कलाकार मञ्चले जित्यो सिन्धु लोकदोहोरीको उपाधि

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक जिल्ला स्तरीय खुल्ला लोकदोहोरी प्रतियोगिताको उपाधि सिन्धु कलाकार मञ्च मेलम्चीले जितेको छ । गत २७ गते प्रदेश ३ का वन वातावरण पर्यटन मन्त्री अरुण नेपालले उद्घाटन गरेकोे प्रतियोगिता तीन दिनसम्म चलेको थियो ।

 

राष्टिय संगीतकर्मी संघ जिल्ला शाखा सिन्धुपाल्चोकले बलेफी गाउँपालिका बलेफीमा गरेको प्रतियोगितामा दोस्रो सुनकोशी गाउँपालिका र तेस्रो साँगाचोक समूह भएका थिए । सान्त्वना पुरस्कार बाह्रबिसे नगरपालिकाले हात पारेको छ ।

 

प्रतियोगितामा प्रथम, द्धितीय, तीतृय र सान्त्वना हुनेले ३०, २०, १० र पाँच हजार हात पारेका छन्  । संघीय संसदका सासंद अग्नी सापकोटाले प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा जिल्लाभरका सातवठा समूहको सहभागिता रहेको थियो ।

 

नयाँ आएका गीतकार र गायककारलाई हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको राष्टिय संगीतकर्मी संघ जिल्ला शाखाका सचिव धन बहादुर गहतराजले जानकारी दिए ।

 

यसअघि २०७२ सालमा राष्टिय संगीतकर्मी संघले क्षेत्रीय स्तरमा बाह्रबिसेमा यो कार्यक्रम गरेको थियो ।