सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, ५ जेठ २०७६ / Sunday, 19 May 2019

प्रेसमाथी अंकुश बन्द गर - ट्रेड युनियन कांग्रेस


प्रकाशित समय: सोमवार, ०८ : २३ बजे बैशाख ३० गते



प्रेसमाथी अंकुश बन्द गर - ट्रेड युनियन कांग्रेस

काठमाडौ- नेपाल सरकारले हालै संघिय संसदमा दर्ता गरेको मिडिया काउन्सिल सम्बन्धि विधेयकलाई ट्रेड युनियन कांग्रेसले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आरोप लगाएका छन्।

 

महासचिव योगेन्द्र कुमार कुवारद्दारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ - संवैधानिक मान्यता अनुरुप स्थापित राज्यका प्रमुख अंगको रुपमा रहेको प्रेस जगतलाई नियमनको नाममा सरोकारवालाहरुसंग छलफलै नगरी नेपालको संविधान र प्रेस स्वतन्त्रताकालागी अन्तर्राष्ट्रिय सन्धी सम्झौता एवं प्रतिबद्धताको खिल्ली उडाउने कार्य यस विधेयकबाट भएको विधेयक तत्काल फिर्ता लिन अनुरोध गरेको छ