सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १ कार्तिक २०७६ / Friday, 18 October 2019

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन - इरानी विदेशमन्त्री


प्रकाशित समय: बिहिवार, ०७ : २० बजे जेठ २ गते



अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन - इरानी विदेशमन्त्री

अमेरिका र इरानबीच पछिल्लो समय देखिएको तनाव कम गर्न तत्काल वार्ता हुने सम्भावना नरहेको इरानले बताएको छ ।

 

इरानका विदेशमन्त्री मोहम्मद जावेद जरीफलाई उद्धृत गरी जापानी समाचार संस्था (क्योदो न्यूज एजेन्सी) ले इरानसँगको विवादमा तत्काल अमेरिकासँग वार्ता हुने सम्भावना नरहेको जनाएको हो ।

 

टोकियोमा जापानी अधिकारीसँगको भेटपछि बिहीबार सञ्चारकर्मीले के इरान वासिङ्टनसँगको तनाव कम गर्नेबारे वार्ता गर्न खुल्ला छ भन्ने प्रश्नमा जरीफको संक्षिप्त प्रतिक्रिया थियो, “तत्काल वार्ताको सम्भावना छैन ।”