सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ९ असार २०७६ / Monday, 24 June 2019

राष्ट्रिय फुटबल टोलीको घोषणा, को-को परे टोलीमा ?


प्रकाशित समय: मगलवार, ०७ : ५७ बजे जेठ ७ गते



राष्ट्रिय फुटबल टोलीको घोषणा, को-को परे टोलीमा ?

 काठमाडौँ- मलेशिया र चाइनिज ताइपेविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि  नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा गरिएको छ ।

 

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले विराज महर्जनको कप्तानीमा २३ सदस्सीय नेपाली टोलीको घोषणा गर्नुभएको हो । नेपालले आगामी जुन २ मा मलेशियासँग र जुन ६ मा चाइनिज ताईपेसँग खेल्दैछ ।

 

फरर्वाड विमल घर्तीमगर र भरत खवास टोलीमा परेनन् । फिटनेसमा कमजोर भएका कारण विमल टोलीमा अटाएनन् भने भरत चोटका कारण समावेश नभएका हुन् । त्यस्तै मिडफिल्डर हेमन गुरुङ, डिफेन्डर कमल श्रेष्ठ र दिनेश राजवंशी पनि टोलीमा परेनन् । नेपाली टोलीमा युवा खेलाडी अभिषेक रिजालले पहिलो पटक स्थान बनाए ।

 

छनोट हुने अन्य खेलाडीमा गोलकिपर किरणकुमार लिम्बु, विकेश कुथु र एलेन न्यौपाने छन् । डिफेन्डर विराज महर्जन, अनन्त तामाङ, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, देवेन्द्र तामाङ, अजित भण्डारी र रवि सिलवाल छन् भने मिडफिल्डरमा रोहित चन्द, बिक्रम लामा, सन्तोष तामाङ, सुमन बल, रवि पासवान, सुजल श्रेष्ठ, बिमल राना र विशाल राई छन् । त्यस्तै फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, तेज तामाङ र नवयुग श्रेष्ठ छन् ।