सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ९ असार २०७६ / Monday, 24 June 2019

खुर्कोटमा अप्टिकल फाइबरको शिलान्यास


प्रकाशित समय: मगलवार, ०८ : १७ बजे जेठ ७ गते



खुर्कोटमा अप्टिकल फाइबरको शिलान्यास

 सिन्धुली- सिन्धुलीको खुर्काेटबाट मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको  शिलान्यास भएको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङको गल्छीमा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गरेपछि सिन्धुलीसहित तीनवटै स्थानबाट एकैसाथ शिलान्यास भएको हो । अप्टिकल फाइबर विस्तारले नेपाल टेलिकमको सेवा विस्तारसँगै टेलिफोन गर्न, इन्टरनेट चलाउन र आइटी टेलिभिजन हेर्ने सुविधा विस्तार हुने प्रधानमन्त्री ओलीको भनाइ रहेको छ ।

 

मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने गरी नेपाल टेलिकमले उक्त योजना शुरु गरेको हो । उहाँले अप्टिकल फाइबर विस्तारको बोलपत्र भई सकेकाले यो योजना दुई वर्षभित्र पूरा हुने जानकारी दिनुभयो ।

 

अप्टिकल फाइबर बिछ्याएपछि मध्यपहाडी लोकमार्ग, पूर्वपश्चिम राजमार्ग र सहायक मार्गमा उच्च गतिको इन्टरनेट सेवा पुग्ने उहाँको भनाइ रहेको छ । यस आर्थिक वर्षको अन्त्यसम्ममा सिन्धुलीको खुर्काेटमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

 

अर्को आवमा सिन्धुली जिल्लाका धेरै भू–भागमा अप्टिकल फाइवर नेटवर्कको विस्तार गर्न सर्वेको काम भइरहको उहाँले बताउनुभयो । यसबाट सेवाग्राहीहरूले तोकेको भ्वाइस, इन्टरनेट तथा आइपी टिभी हेर्न सक्ने गरी सेवा विस्तार गर्ने उहाँको भनाइ रहेको छ ।