hello
सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ४ श्रावण २०७६ / Saturday, 20 July 2019

चिया श्रमिक काममा फर्किए


प्रकाशित समय: मगलवार, ०८ : २५ बजे जेठ ७ गते



चिया श्रमिक काममा फर्किए

इलाम- लामो समयको आन्दोलनपछि चिया श्रमिक काममा फर्किएका छन् । तीन दिनअघि श्रमिक र रोजगारदाताबीच सहमति भएको थियाो ।

 

रोजगारदाताले श्रमिक ज्याला कार्यान्वयन गर्न ढिला स्वीकृति दिएकाले उनीहरू सोमबारदेखि काममा फर्किएका हुन् । बगानमा ५१ श्रमिकमध्ये अहिले २५-२६ जनाले मात्र काम गर्दै आएका छन् ।

 

चिया बाझिएकाले कामको चटारो नहुँदा करार दरबन्दीका कर्मचारी कामविहीन भएका छन् । चिया टिप्नुको सट्टा फाँड्नुपर्ने र कम जनशक्तिले काम चल्ने हुँदा अन्य श्रमिकलाई फर्काइएको हो ।

 

बगानमा राम्रो चिया पत्ती नहुँदा तथा चियाको आम्दानी न्यून भएका कारण हाल स्थायी दरबन्दीका कर्मचारी मात्र काममा फर्र्किएको कन्याम चिया बगानका श्रमिक रमेश खड्काले बताउनुभयो ।

 

चिया बगान व्यवस्थापनले तत्कालका लागि करार र अस्थायी दरबन्दीका कर्मचारी हटाइए पनि कामको समयमा बोलाउने जनाएको छ ।

 

नयाँ श्रम ऐनअनुसार ज्याला र अन्य सुविधा पाउनुपर्ने माग राख्दै गत चैत १७ गतेदेखि श्रमिक काम छाडेर आन्दोलनमा उत्रिएका थिए । निजी क्षेत्रबाट सञ्चालित बगानसँग सहमति भएपछि त्यहाँका श्रमिक फर्किएका थिए ।