hello
सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ४ श्रावण २०७६ / Saturday, 20 July 2019

मन्तव्य राख्दा राख्दै शिक्षकको निधन


प्रकाशित समय: मगलवार, ०८ : ३० बजे जेठ ७ गते



मन्तव्य राख्दा राख्दै शिक्षकको निधन

 पाँचथर-   फिदिम नगरपालिका–१४ स्थित महादेव गुप्तेश्वर माविका शिक्षक लालबहादुर फागोको विद्यालयमा आफ्नो स्वागतका लागि राखिएको कार्यक्रममा मन्तव्य राख्ने क्रममा मृत्यु भएको छ ।

 

विद्यालयका शिक्षक अशोक तिम्सिनाको बिदाइ तथा नवनियुक्त शिक्षक फागोको स्वागतका लागि आयोजित कार्यक्रममा मन्तव्य राख्ने क्रममा उहाँको मृत्यु भएको हो ।

 

मन्तव्य राखिसक्ने बित्तिक्कै शिक्षक फागो बेहोस भएर ढल्नुभएको थियो । फिदिम–११ मूलडाँडा स्थायी घर भएका ३५ वर्षीय शिक्षक फागोको बेहोस भएको केहीबेरमै मृत्यु भएको बताइएको छ ।

 

शवपरीक्षणका लागि सरदरमुकाम लगिएको तमाखेस्थित प्रहरी चौकीले जनाएको छ । शिक्षक फागोलाई केही दिनअघि मात्र करारमा नियुक्त गरिएको विद्यालयका प्रधानाध्यापक कमलप्रसाद बाँस्कोटाले बताउनुभयो ।