काठमाडौं, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परिक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ । शनिबार बोर्डको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ । मुलुकभरका विद्यालयले विद्यार्थीको प्राप्तांक पठाएका थिए ।
परिक्षाका लागी ५ लाख १७ हजार १२२ जनाले रजिष्ट्रेशन फारम भरेकोमा ४ लाख ७४ हजार २ सय ७८ जना बिद्यार्थीहरुको नतिजा प्रमाणीकरण गरेर सार्वजनिक गरिएको बोर्डका परिक्षा उपनियन्त्रक चेतनाथ शर्माले बताउनुभयो ।
उहाले मार्कसिटलाई जिल्लामा पुराउने र अहिले भने बिभिन्न माध्यमबाट आफ्नो नजिता हेर्न सक्ने जानकारी दिनुभयो । यस्तै बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शनिबार बसेको बोर्ड बैठकले साउन ३१ गतेबाट हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । परिस्थिति अनुकूल भएपछि पुनः परीक्षा सञ्चालन गर्ने निर्णय समेत भएको बोर्डले जनाएको छ । पुनः हुने परीक्षा बारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ । गतवर्ष कक्षा १२ को परीक्षा मंसिरमा सञ्चालन भएको थियो । स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्नका लागि बोर्डलाई सिफारिस गरेको थियो ।
www.see.gov.np, www.neb.gov.np www.theconnectplus.com, www.see.edusanjal.com,
www.see.ntc.net.np बाट एसईईको नतिजा थाहा पाउन सकिन्छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2023. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--