सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ९ असार २०७६ / Monday, 24 June 2019

टाेपेन्द्र कुमार बने नक्कली प्रचण्ड (भिडियो सहित हेर्नुहोस्)


प्रकाशित समय: बिहिवार, ०७ : ३० बजे जेठ २३ गते



टाेपेन्द्र कुमार बने नक्कली प्रचण्ड (भिडियो सहित हेर्नुहोस्)

काठमाण्डौं-  नक्कली प्रचण्ड बनेर लाेकप्रियता कमाउनु भएकाे हाँस्य कलाकार घनश्याम गाैतमले टाेपेन्द्र कुमार "टिके" बनेर नयाँ कार्यक्रम लिएर अाएका छन् ।

 

हाई ब्रिड क्रिएसन यु ट्युब मार्फत हरेक शुक्रबार दिउँसाे १२ बजे रिलिज हुने कार्यक्रममा कलाकार गाैतमले टाेपेन्द्र कुमार बनेर विभिन्न खाले शाे लिएर अाउने भएका छन् ।

 

काे बन्छ सयपती नामक कार्यक्रम बाट नयाँ कार्यक्रम शुरु गरेका गाैतमले टाेपेन्द्र कुमार रिपाेर्टर काे भुमिका निर्वाह गरेका छन् । प्रकाश श्रेष्ठ निर्माता रहेकाे उक्त कार्यक्रमकाे स्क्रिप्ट र निर्देशन घनश्याम गाैतम र प्रकाश श्रेष्ठले गर्ने छन्। हरेक हप्ता प्रशारण हुने कार्यक्रम मा " द टिके शाे" मार्फत नेपालका सेलीब्रेटी लगायत अन्य विशिष्ट ब्यक्तिहरुलाई शाे मा ल्याएर रमाइलाे गर्ने बताइएकाे छ ।

 

यश अघि पनि "ट्वाकेन्द्र निवास," शेरे " लगायतका कार्यक्रम मार्फत लाेकप्रियता कमाएका कलाकार घनश्याम गाैतम लाई टाेपेन्द्र कुमार " द टिके शाे" ले कतिकाे चर्चा कमाउने हाे त्याे भने हेर्न बाकीनै छ ।  पहिलाे प्रस्तुति "काे बन्छ सयपती" मा युगज्याेती क्रियाशिल, डम्बर घिमिरे, बाबुराजा मानन्धर, तिलक लामिछाने लगायतका कलाकारकाे अभिनय रहेकाे छ । भिडियोमा पनि हेर्न सक्नुहुन्छ ।