सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ४ आश्विन २०७६ / Saturday, 21 September 2019

विश्वशान्तिको कामना गर्दै कपनमा महायज्ञ


प्रकाशित समय: बिहिवार, १२ : ०९ बजे जेठ २३ गते



विश्वशान्तिको कामना गर्दै कपनमा महायज्ञ

काठमाडौँ-  निरौला बन्धु सेवा समाजले विश्व शान्तिको कामना गर्दै बूढानीलकण्ठ—१० कपनमा बाह्रदिने महायज्ञको आयोजना गरेको छ ।

 

निरौला बन्धु परिसर नीलोपुलमा पितृ उद्धार गर्ने पनि उद्देश्यले महायज्ञ आयोजना गरिएको समाजका सहसचिव सुरेश निरौलाले बताउनुभयो । “महायज्ञबाट सङ्कलित रकमबाट समाजको भवन व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ”, उहाँले भन्नुभयो ।

 

यही जेठ २१ गतेदेखि सञ्चालन भएको महायज्ञ जेठ ३२ गते सम्पन्न हुनेछ । महायज्ञमा स्वामी मनमोहन (एमएम) मुरारी दास र पण्डित दयाराम (डिकप्रसाद) निरौलाले कथा वाचन गर्नुभएको छ ।

 

जेठ २१ गते उद्घाटन भएको महायज्ञमा कलशयात्रा गरिएको थियो भने जेठ २२ गते मण्डपपूजा गरिएको थियो । अन्य दिन नियमित पूजापाठ र कथावाचन हुनेछ ।