सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ९ असार २०७६ / Monday, 24 June 2019

बेपत्ता चालक दलका सदस्यको खोजी कार्यलाई विस्तृत बनाइयो


प्रकाशित समय: बिहिवार, १२ : १६ बजे जेठ २३ गते



बेपत्ता चालक दलका सदस्यको खोजी कार्यलाई विस्तृत बनाइयो

जाकार्ता-  इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटनामा परी बेपत्ता भएका चालक दलका १७ सदस्यको खोजी कार्यलाई विस्तृत बनाइएको इन्डोनेसियाको सरकारी स्रोतले बिहीबार जानकारी दिएको छ ।

 

गत शनिबार भएको यस घटना चालक दलका एक सदस्यलाई भारतीय जहाजले उद्धार गरेपछि मात्र खुलाशा भएको थियो । सो दुर्घटनामा परेका याकोब नामक एक चालक दलका सदस्यलाई मङ्गबार उद्धार गरिएको थियो ।

 

यस कार्गो जहाजमा १८ व्यक्ति सवार रहेका र ती सबै चालक दलका सदस्य भएको जनाइएको छ । सो डुङ्गा बन्दरगाह शहर वितुङ्बाट उत्तरी सुलावेसी प्रान्तकोनजिकै मरोवाली शहरतर्फ गइरहेको थियो । चालक दलका सदस्य यसप्रकार हराइरहेका सुचना मङ्गलबार प्राप्त भएपछि उद्धारकार्य जारी शुरु भएको थियो ।

 

बिहीबार उद्धार कार्यलाई विस्तृत बनाइएको छ । इन्डोनेसियामा करिब १७ हजार ५०० सय द्वीपहरु रहेका र यस द्वीपमा यातायातको प्रमुख साधनको रुपमा डुङ्गा नै रहेको पाइन्छ ।

 

कतिपय अवस्थामा व्यक्तिहरुको सुरक्षामा कम ध्यान दिइएको र क्षमता भन्दा बढी यात्रु डुङ्गामा सवार हुने जस्ता कारणले दुर्घटाना हुने गरेको पाइन्छ ।