सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ९ असार २०७६ / Monday, 24 June 2019

युवा वैज्ञानिकले अन्तर्राष्ट्रिय सञ्जाल गठन गर्ने


प्रकाशित समय: शुक्रवार, ०७ : ५३ बजे जेठ २४ गते



युवा वैज्ञानिकले अन्तर्राष्ट्रिय सञ्जाल गठन गर्ने

 काठमाडौँ-  आपसी ज्ञान र अनुभवको आदानप्रदानका लागि दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र अन्य मुलुकका युवा वैज्ञानिकले अन्तर्राष्ट्रिय सञ्जाल (नेटवर्क) गठन गर्ने भएका छन् ।

 

उनीहरुले विद्यमान समस्यालाई सम्बोधन गर्न वैज्ञानिक क्षेत्रमा सहकार्य र समन्वय गर्ने उद्देश्यले यहाँ आयोजित अन्तर्राष्ट्रिय युवा सम्मेलनमा उक्त सञ्जाल गठनको प्रस्ताव गरिएको हो ।

 

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागको समन्वय र प्रदेश नं ३ सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनमा उद्योग, पर्यटन, वन, वातावरण साथै जलवायु परिवर्तन, प्राकृतिक प्रकोपलगायतका महत्वपूर्ण वैज्ञानिक विषयमा अन्तर्राष्ट्रिय वैज्ञानिकका अनुभव साटासाट गरिएको हो ।

 

सम्मेलनको मङ्गलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गर्नुभएको थियो । सम्मेलनमा सार्क क्षेत्रका नेपालबाहेकका १७ युवा वैज्ञानिक छन् । जर्मनी, फिनल्याण्ड, चीन र बेलायतबाट पनि सहभागी सम्मेलनमा ५१ वटा कार्यपत्र प्रस्तुत भएका छन् ।