सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ४ आश्विन २०७६ / Saturday, 21 September 2019

कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र


प्रकाशित समय: आइतवार, १० : २९ बजे जेठ २६ गते



कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र

काठमाण्डौं- नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजय हुनुभएको छ ।

 

शनिबार सम्पन्न भएको निर्वाचनमा उहाँले २१८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गर्नुभएको थियो ।

 

यस्तै उपाध्यक्षद्वयमा रेजिना  उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी हुनुभएको छ । कोषाध्यक्षमा सुनिल कटवाल यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको थियो ।

 

सङ्घको १७आँै साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।