सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ९ असार २०७६ / Monday, 24 June 2019

निकेशको नेतृत्वमा रहेको नेपालको किकबक्सिङ टिम टिम च्याम्पियन


प्रकाशित समय: आइतवार, ०६ : ३९ बजे जेठ २६ गते



निकेशको नेतृत्वमा रहेको नेपालको किकबक्सिङ टिम टिम च्याम्पियन

काठमाडौँ, खुला अन्तर्राष्ट्रिय किकबक्सिङ च्याम्पियनसिप–२०१९ प्रतियोगितामा निकेशको नेतृत्वमा रहेको नेपालको किकबक्सिङ टिम टिम च्याम्पियन बन्न सफल भएको छ ।

 

जेठ १८ गतेदेखि तीन दिनसम्म दशरथ रंगशालास्थित कभर्डहलमा चलेको प्रतियोगितामा टिम कोच श्रेष्ठको टिम च्याम्पियन बनेको हो । उक्त प्रतियोगितामा नेपालसहित ७ वटा देशले भाग लिएका थिए।

 

जसमा नेपालले १७ स्वर्ण २ रजत १ कास्य सहित प्रथम हुन सफल भएको थियो। त्यस्तै १२ स्वर्ण ६ रजत ३ कास्य सहित हनेरा टिम च्याम्पियन, भारत दोस्रो भएको थियो भने दुई कास्य प्राप्त गरी श्रीलङ्का तेस्रो हुनपुग्यो।

 

उक्त प्रतियोगितामा फुल कन्ट्याक्ट, लो किक र के वान नियम तर्फ गरी तीन बिधाको खेल भएको थियो। राष्ट्रिय किकबक्सिङ संघ, नेपालको आयोजनामा भएको उक्त प्रतियोगिताको अन्तिम खेल वाको लो किक प्रो फाइट नेपाल भर्सेज भारत बीच रोमाञ्चक खेल भएको थियो। जसमा नेपालका खेलाडी दिवस श्रेष्ठले भारतका खेलाडी कुलदिप सिंहलाई नकआउट हानेर स्वर्ण पदक दिलाएका थिए।

 

 

२०१८ टुर्नामेन्टमा भएको एसियन किक बक्सिङ च्याम्पियनसिपमा पनि दिवस श्रेष्ठ र निकेश श्रेष्ठले यसरी नि देशका लागि पदक दिलाएका थिए। टिम कोच श्रेष्ठका टिम तर्फबाट सुमन नेपाली फुल कन्ट्याक्टमा राइजिङ प्लेयर बनेका छन् ।

 

रोहित चुनारो लो किक बिधामा उत्कृष्ट खेलाडी, विद्या गुरुङ लो किक महिला तर्फबाट उत्कृष्ट खेलाडी बन्न सफल भएका थिए। लो किक बिधामै खुला तौलतर्फ भुपेन्द्र शाह राइजिङ प्लेयर बन्न सफल भए भने फुर्देन शेर्पा के वान नियमतर्फ उत्कृष्ट खेलाडी बने ।

 

कार्यक्रममा नेपालका पहिलो एकेएफ महिला अन्तर्राष्ट्रिय रेफ्रि सुनिता श्रेष्ठलाई नेपाली काँग्रेसका पूर्व उपसभापति प्रकाशमान सिंहले सम्मान गरेका थिए।

 

 

राष्ट्रिय रेफ्री राजु बाजीको, रमेश नेपाली, कृष्ण गिरी र अन्तर्राष्ट्रिय रेफ्री डिवान्स श्रेष्ठ, देवराज श्रेष्ठलाई पनि उक्त कार्यक्रममा सम्मान गरिएको थियो।विजयी खेलाडीहरुलाई पदक र नगद सहित सम्मान गरिएको थियो।

 

राष्ट्रिय किक बक्सिङ संघका केन्द्रीय महासचिव दीपक श्रेष्ठले यतिधेरै विधाको अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न अत्यन्तै चुनौति रहे पनि खेल भब्य रुपमा सम्पन्न भएको भन्दै आयोजक टिम, प्रशिक्षक, रेफ्री, खेलाडी, पत्रकारलाई धन्यवाद दिए।

 

 

सबै खेलाडीले राम्रो खेलेका कारण आफू नेतृत्वको टिम टिम च्याम्पियन बन्न सफल भएको निकेश श्रेष्ठले बताए।