सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ४ आश्विन २०७६ / Saturday, 21 September 2019

कजाखस्तानको राष्ट्रपतिमा टोकायेभ निर्वाचित


प्रकाशित समय: सोमवार, ०५ : १५ बजे जेठ २७ गते



कजाखस्तानको राष्ट्रपतिमा टोकायेभ निर्वाचित

नूरसुल्तान – कजाखस्तानको राष्ट्रपतिमा कासिम–जोमार्ट टोकायेभ ७० प्रतिशतभन्दा बढी मत प्राप्त गरी विजयी हुनुभएको छ ।

 

निर्वाचन आयोगका अनुसार नवनिर्वाचित राष्ट्रपति टोकायेभले ७०.७६ प्रतिशत र उहाँका निकटवर्ती अमिरझान कोसानोभले १६.२ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । टोकायेभले कजाखस्तानका राष्ट्रपिता नूरसुल्तान नजरबायेभले समर्थन गर्नुभएको थियो ।

 

पूर्वराष्ट्रपति समेत रहनुभएका नजरबायेभले विगत तीन दशक मुलुकको सत्ता सम्हालेका कारण निकै शक्तिशाली र लोकप्रिय मानिन्छ । मुस्लिम बहुसंख्यक रहेको कजाखस्तानमा गत आइतबार भएको निर्वाचनका क्रममा भने निकै ठूला ठूला प्रदर्शन भएका थिए ।

 

चुनावमा धाँधली भएको आरोप लगाउँदै विपक्षीहरुले चुनाव बहिस्कार गर्न आमजनतालाई आह्वान समेत गरेका थिए । चुनावी हिंसाका कारण ५०० भन्दा बढी व्यक्तिलाई हिरासतमा लिइएको गृह मन्त्रालयले जनाएको छ ।

 

कजाखस्तानको ठूलो शहर अल्माटीमा एएफपीका दुई पत्रकारलाई पनि प्रहरीले हिरासतमा लिएको थियो । पक्राउ परेका सबैलाई प्रहरीले मुक्त गरेको छ ।