सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ४ आश्विन २०७६ / Saturday, 21 September 2019

वित्तिय संस्था कर्मचारी संघको प्रदेश-१ स्तरीय प्रशिक्षण सम्पन्न


प्रकाशित समय: सोमवार, ०७ : २१ बजे जेठ २७ गते



वित्तिय संस्था कर्मचारी संघको प्रदेश-१ स्तरीय प्रशिक्षण सम्पन्न

 मोरङ्ग- नेपाल वित्तीय संस्था कर्मचारी संघ ( फियन ) ले प्रदेश -१ स्तरीय ट्रेड युनियन शिक्षा सम्बन्धि दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका छन् ।

 

प्रशिक्षण कार्यक्रम उद्घाटन गर्नु हुदै नेपाली कांग्रेस प्रदेश-१ का प्रमुख सचेतक केदार कार्कीले श्रमको सम्मान विना समृद्धि सम्भव नहुने बताउनु हुदै संघिय र प्रदेश सरकारले श्रमिकका सवालमा निति तथा कार्यक्रम नल्याउनुले श्रमिकप्रती संवेदनशिल नरहेको आरोप लगाउनु भयो ।

 

वित्तीय क्षेत्रका प्रदेश-१ भरिका नेतृत्वलाई सुवर्ण कर्माचार्यले अन्तर्राष्ट्रिय ट्रेड युनियन आन्दोलन, ट्रेड युनियन कांग्रेस प्रदेश-१ का अध्यक्ष नारायणबाबु कार्कीले ट्रेड युनियन आन्दोलन , फियनका वरिष्ठ उपाध्यक्ष धर्म प्रसाद खनालले फियनबारे, सुनिल कोइरालाले संगठनबारे प्रशिक्षण दिनु भएको थियो ।

 

कार्यक्रममा फियनका उपाध्यक्ष परशुराम खनाल, महासचिव हरिराज खरेल लगायतको उपस्थिति थियो भने कार्यक्रम फियन प्रदेश-१ का अध्यक्ष राम प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।